
झापा, ४ असोज । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्।
डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन ।
तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा।अनुपमा कार्कीले बताइन् । ुसमयमै उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति रहँदैन,ु उनले भनिन्। आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



