
काठमाडौँ, २४ असोज । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् ।
दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो ।
देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् ।, आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

