
काभ्रे, २४ असोज । जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ ।
आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।
पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


