
काठमाडौं, २४ असोज । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।
यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् ।
फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


