
काठमाडौँ, २५ असोज । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।
गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए ।
वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पउने ? बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे ।
केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


