
काठमाडौँ, २५ असोज । सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए ।
सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए । राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे ।
चालक र यात्रु कसैले थापा पाएनन् । बस आफ्नै रफ्तारमाा कुदिरह्यो । पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे ।
डकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो । उनको उद्धारमा कोहि अघि सरेन । केहिबेरपछि उनको उद्धार भयो ।
एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । चिकित्सकले एम्बुलेन्स उनको मृत्यु भईसकेको बताए । उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो ।
सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


