
दमक, २६ असोज । झापाको दमक र आसपासको क्षेत्रमा बालबालिकाहरुमा भाइरलको प्रकोप देखिन थालेको छ । बिरामी भएर बालबालिकाहरुको उपचारका लागि अभिभावक अस्पताल तथा क्लिनिकहरुमा आउने क्रम बढेको छ ।
लाइफलाइन अस्पतालका बाल रोग बिशेषज्ञ डा. रजनिश मिश्रका अनुसार भाइरलको संक्रमण भएका बालबालिकाहरु अधिकतम रुपमा उपचारका लागि आउने गरेकाछन् । उनीहरुलाइ आवश्यक उपचारसंगै परामर्श समेत दिइने गरेको मिश्रले बताए ।
लाइफलाइन अस्पतालमा पनि धेरैको संख्यामा भाइरलको संक्रमणमा परेका बालबालिकाहरु उपचारका लागि आइरहेको मिश्रको भनाइ छ । मिश्र पछिल्लो समयमा दमकमा बालबालिकाको लागि राम्रो डाक्टर मानिन्छन् ।
बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । हाछ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकआपसमा सजिलै सर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

