
झापा, २९ फागुन । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो ।
मङ्सिरमा दुुई हजार ६६५ जना, पुसमा दुुई हजार ५०६ जना र माघ महिना दुुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ । आव २०७८/७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना, माघ महिनामा छ हजार ५४४ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा कतारका लागि २६ हजार २२० जनाले श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



