
विराटनगर, १५ कात्तिक । विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
महानगरपालिकामा १९ वडा रहेकोमा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । विराटनगरमा हाल ९९।४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख पराजुलीले बताउनुभयो ।
महानगरपालिकामा आजदेखि नवनिर्मित न्यायिक समितिको इजलास सञ्चालनमा आएको छ । इजलासको अभावमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीकै कार्य कक्षमा मुद्दाहरु फैसला हुने गरेको थियो । हालसम्ममा सो समितिमा परेको ८० मुद्दामध्ये २० वटाको किनारा लगाएइको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


