
भीमदत्तनगर, १८ कात्तिक । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा का अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालममै उपचार भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

