
तेह्रथुम, १८ कात्तिक । छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ ।
गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।
भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालिका–५ बिखे बस्तीबाट डिप बोरिङमार्पmत पानी निकालिएको हो ।
डिप बोरिङ गरेको पानी गाउँपालिकाका चार वडाका गाउँ बजार र विद्यालयमा पु¥याइएको छ । एक हजार ७०० मिटर उचाइको डाँडामा १३२ मिटर तलबाट डिप बोरिङ गरी पानी निकालिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

