
झापा, १३ साउन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ । साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



