
भद्रपुर, १४ साउन । नेपाली कांग्रेस भद्रपुर नगर समितिको भवन वषौर्ं अघिदेखि जीर्ण बन्दै गएको छ । करिब २५ वर्षअघि सहयोग संकलन गरी निर्मित एक तले सो पक्की भवनको जीणोर्द्धारतर्फ कसैले चासो देखाएका छैनन् । हाल भद्रपुर वडा नं. ८ मा पनेर् यो भवन बेवारिसे झैं बनेको छ ।
भवनको झ्याल–ढोका मक्किएका छन् भने धमिरा र कमिलाले भवनमा बास गरेका छन् । भवनको अग्रभागमा पार्टीको झण्डा र चुनाव चिह्नले मात्रै यो भवन नेपाली कांग्र्रेस सम्बद्ध कुनै संस्थाको होला भन्ने भान हुन्छ । भवन अगाडिको भाग गाईवस्तुको चरण क्षेत्र बनेको छ भने भवन अघिल्तिरको रुखमा टाँसिएको ‘राय पाइल्स क्लिनिक’को पोस्टरले सो भवन पाइल्स, हाइड्रोसिल, फिस्टुला लगायत रोगको उपचार गनेर् क्लिनिक पो हो कि भन्ने जोकोहीलाई लाग्छ ।
नेपाली कांग्रेसको महाधिवेशनको पूर्वार्धमा नगर समितिको यो भवनको जीणोर्द्धार गर्न पुग्दो रकम संकलन गरिएको भनिए पनि सो रकम कहाँ छ भनेर सहयोगदाताहरु समेत खोजीमा रहेको कांग्रेसजन बताउँछन् । कांग्रेस नगर समिति भद्रपुरको यो भवनले नै यस नगर र क्षेत्रमा कांग्रेस कति सक्रिय र गतिशील छ भन्ने उजागर भएको स्वयम् कांग्रेस कार्यकर्ताले निराशा व्यक्त गरेका छन् । आजको साप्ताहिक समाचारमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



