
भद्रपुर, २० साउन । नेपाली कांग्रेस भद्रपुर ६ नम्बर वडा समितिले वर्तमान परिस्थितिमा काँग्रेसको भूमिकाका लागि जनमत संकलनको उद्देश्यका साथ वडा सम्मेलन सम्पन्न गरेको छ ।
वडा सभापति महत राजवंशीको अध्यक्षता तथा क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा कार्य समिति, भातृ संघ लगायत नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर र वडामा भएको विकास निर्माण सम्बन्धि चर्चा, संगठन विस्तार लगायत विषयमा छलफल समेत भएको थियो । कार्यक्रम संचालन सचिव राजा मण्डलले गरेका थिए भने सहभागीले नेतृत्वलाई विविध सुझाव दिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



