
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
मेष ः साहस र पराक्रम बढेर जाने छ । भाइबहिनीहरुसँग रमाइलो समय व्यतीत व्यतीत होला । छोटो यात्राको योग पनि रहेको छ । छाती सम्बन्धि कुनै बिमार वा समस्या बल्झिएला । माता, सासु ससुराको तर्फबाट मनग्य सहयोग मिल्नेछ । स्थीर सम्पत्तीको सुख मिल्ने साता पनि रहेको छ । प्रेम सम्बन्धमा सुधार आउने वा प्रस्ताव स्वीकार हुने विशेष साताका रुपमा देखा परेको छ ।
वृष ः साता राम्रो रहेको छ । धन सञ्चित वा संग्रह गर्न सकिनेछ । घर जग्गा जमीन आदिको जोडिने साता छ वा यससम्बन्धि कारोबारमा मनग्य फाइदाको समय छ । लेखन अनुसन्धान आदिका क्षेत्रमा लाग्नेहरुका लागि पनि विशेष समय रहनेछ । मातासँग सल्लाह लिएर गरिएका काममा सफलता मिल्नेछ । काम गर्ने उत्साह बढेर जानेछ ।
मिथुन ः काम गर्ने इच्छाशक्तिमा वृद्धि हुनेछ । शरीर स्वस्थ र पूmर्तिलो रहला । वोलीको प्रभाव बढ्नेछ । यसै प्रभावका कारण महत्वपूर्ण कामहरु सुल्झाउन सक्नुहुनेछ ।मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । साथीभाइहरुको सहयोग मिल्नेछ । मनमा उत्साह जाग्नेछ । लिइएका लक्ष्य र योजना पूर्ण गर्न सकिनेछ । परिवारका आपूmभन्दा साना सदस्यहरुसँग बढि समय व्यतीत होला ।
कर्कट ः कतै टाढाको यात्रा होला । वैदेशिक क्षेत्रका कामहरुले पूर्णता पाउलान । खर्च वृद्धिले सताउला । बायाँ आँखा वा कानमा कुनै समस्या देखिएला । मंगलबार अपरान्ह उप्रान्त शुभ समय शुरु हुनेछ । गोचरमा लग्नस्थानमा आइपुगेका चन्द्रमाले मनमा शान्ति, मुहारमा कान्तिवृद्धि, शरीर स्वस्थ गराउनेछन् । यसबिचमा धनप्राप्तिको योग पनि यो देखिएको छ ।
सिंह ः व्यापार व्यवशाय वा दैनिक गरिरहेका कामबाट प्रशस्त फाइदा वा आम्दानी हुनेछ । कर्मक्षेत्रका चन्द्रमा बलवान भएर आएका छन् । पिताको तर्फबाट भरपूर सहयोग मिल्नेछ । पैतृक सम्पत्तीको विवाद पनि हटेर जानेछ । प्रशासनिक क्षेत्रका कामहरु बन्नेछन् । बुधबार र विहिबार भने अनावश्यक बादविवादबाट टाढै रहनुहोला । शुक्रबारदेखि फेरी शुभ समय आउनेछ ।
कन्या ः आम्दानीमा वृद्धि हुनेछ । धनागमका बाटाहरु खुल्नेछन् । अभीष्ट पूरा हुनेछ । चिताएका कामहरु बन्नेछन् । कर्मक्षेत्र बलियो भएर आएको छ । अचल सम्पत्ती, वाहन आदिको सुखभोग मिल्ने समय छ । प्रशासनिक कामहरु कामहरु बन्नेछन् । साताको उत्तरार्ध केही प्रतिकूल छ । अनावश्य झैझमेला र विवादबाट टाढै रहनुहोला । मुद्धामामिला आदिको भय रहेको छ ।
तुला ः साता अत्यन्तै बलवान र भाग्यशाली रहेको छ । सन्तानसुख मिल्नेछ । भाग्योदयको समय छ । धर्मकर्ममा मन जानेछ । तीर्थयात्राको योग पनि रहेको छ । वुद्धि विवेक सम्बन्धि काम वा साधनामा वृद्धि हुनेछ । साहित्य वा लेखन क्षेत्रमा लाग्नेहरुका लागि साता विशेष रहनेछ । राज्यमा तर्फबाट मानसम्मान, उपहार वा पदोन्नतिको प्रबल योग छ । आम्दानीमा वृद्धि हुनेछ ।
वृश्चिक ः मंगलबार अपरान्हसम्मको समय प्रतिकूल छ । यात्रा गर्दा, सवारी चलाउँदा विशेष ख्याल गर्नुपर्ने छ । कष्टको सामना गर्नुपर्ला । उप्रान्त समय शुभ रहनेछ । वैदेशिक क्षेत्रबाट शुभ खबर सुन्न पाइएला । कर्मक्षेत्र बलियो रहनाले आप्mनो काम, पेशा र व्यवशायको क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । पिताको सहयोग मिल्नेछ । पैतृक सम्पत्ती प्राप्त होला ।
धनु ः दाम्पत्य सुख वृद्धि भएर जानेछ । व्यापार व्यवशायमा तरक्की मिल्नेछ । विजय प्राप्तिको योग छ । व्यावशायिक साझेदार वा पार्टनरहरुसँग उचित सरसल्लाह मिल्नेछ । बुधबार र विहिबार भने सवारी साधन चलाउँदा, बाटो काट्दा विशेष सावधानी अपनाउनुहोला । साताको उप्रान्त शुभफदायी समय रहनेछ । दान पुण्यको काममा मन जानेछ ।
मकर ः वित्तीय क्षेत्र बलियो रहनेछ । शेयर कारोवारमा गरिएको लगानीले फाइदा दिनेछ । प्रतिष्पर्धामा विजयप्राप्तिको योग छ । रोग, ऋण र शत्रुबाट आंशिक रुपमा भएपनि मुक्त भइनेछ । विपरीत लिंगीको मद्दतले महत्वपूर्ण कामहरु बनाउन सकिनेछ । वैवाहिक जीवनमा मधुरता छाउनेछ । मान सम्मानमा वृद्धि हुनेछ । साताको उत्तरार्ध केही प्रतिकूल रहनेछ ।
कुम्भ ः शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तानको खुशी र प्रगतीमा मन रमाउने छ । प्रेम जीवनमा मार्धुर्यता, मनोमानिल्यता बढेर जानेछ । सन्त पुरोहित आदिको संगत होला । वित्तीय क्षेत्र मजबुद देखिन्छ । परीक्षा प्रतियोगीतामा विजयी भइने योग छ । दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ ।
मीन ः मंगलबारसम्म आमाको स्वास्थ्यलाई लिएर चिन्ता बढ्ला । आप्mनै पनि स्वास्प्रश्वास सम्बन्धि समस्या बल्झिन सक्छ । मन दोधार र चञ्चल होला । बुधबारदेखि समय बलवान रहनेछ । सन्तान सुख मिल्नेछ । उपहार चिठा आदिमा गरिएको लगानी खेर नजाला । मावली वा पूmपूका तर्फबाट शुभ खबर आउला । अर्थिक अवस्था सुधारिएर जानेछ ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
कनकाई न.पा, सुरुंगा, झापा
सम्पर्क नं ९८६३६२९४८३ /९८१३५२१५६२
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


