
बुद्धशान्ति, ३१ साउन । बुद्धशान्ति गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड ४५ लाख १० हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको बुद्धशान्ति गाउँपालिका राजस्व इकाइ प्रमुख शशी पनेरुले जानकारी दिनुभयो ।
१ नं वडा ले ३६ लाख ६ हजार १ सय ५३.१४ रुपैँया, २ नं वडा ले ३४ लाख ७८ हजार ४ सय २२.३२ रुपैँया, ३ नं वडा ले ४२ लाख १३ हजार ५६५.३३ रपैँया, ४ नं वडा ले १८ लाख ३३ हजार ७ सय ३८.१७ रुपैँया, ५ नं वडा ले ११लाख ८० हजार ८ सय २२.७३ रुपैँया, ६ नं वडा ले ७ लाख ८१ हजार ४ सय ९९.३० रुपैँया र ७ नं वडा ले ४ लाख ६० हजार ८ सय ८.९६ रुपैँया राजस्व संकलन गरेको छ ।

सात वटा वडाहरु रहेको बुद्धशान्ति गाउँपालिको बजार क्षेत्रअन्तर्गत पर्ने वडा नं ३ राजस्व संकलनको हिसाबले पहिलो स्थानमा रहेको छ । ३ नं वडा ले चालु आर्थिक बर्षमा ४२ लाख १३ हजार ५६५.३३ रपैँया राजस्व संकलन गरेको हो । त्यस्तै राजस्व संकलनमा सवैभन्दा कम ७ नम्बर वडाले गरेको छ । ७ नं वडा ले ४ लाख ६० हजार ८ सय ८.९६ रुपैँया राजस्व संकलन गरेको छ ।
त्यस्तै यता गाउँपालिकाको कार्यालयबाट ८९ लाख ५५ हजार ७३.१४ रुपैँया राजस्व संकलन गरिएको बताइएको छ । वडा तथा गाउँपालिकाले सम्पति कर, व्यवसाय कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, न्यायीक दस्तुर, व्यवसाय दर्ता दस्तुर, नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, घरबहाल तथा जग्गा बहालकर, भूमिकर तथा मालपोत सम्पतिकर, व्यवसायकर, प्रशासनिक दण्ड, जरीवाना कर, मनोरञ्जन कर जस्ता २५ वटा शिर्षकहरमा राजस्व संकलन गर्दै आएका छन् ।
२५ वटा शिर्षकहरमा राजस्व संकलन गर्दै आएको गाउँपालिकाले सबैभन्दा बढी सम्पत्ति करमा राजस्व संकलन भएको छ । जसमा ६६ लाख ७७ हजार ९ सय ३४.६२ रपैँया राजस्व संकलन भएको छ । सम्पत्ति करपछि सिफारिस दस्तुरबाट ४७ लाख ५५ हजार २ सय ४५ रुपैँया राजस्व संकलन भएको हो । त्यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षमा सवैभन्दा थोरै अखेटोपहारमा लाग्ने कर संकलन गरेको छ । जसमा ३ सय रुपैया मात्र संकलन भएको छ । त्यसपछि मनोरञ्जन करमा ५ सय, व्यवसाय करमा १ हजार ५ सय मात्र राजस्व संकलन गरेको छ । आजको पालिका सन्देश साप्ताहिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


