
इलाम, २५ कात्तिक । इलामको देउमाई नगरपालिका–७ स्थित पर्यटकीयस्थल सिद्धिथुम्कामा तीनदिने पर्यटन महोत्सव शुरू भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ भन्ने नाराका साथ आजदेखि महोत्सव शुरू भएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिनुभयो ।
यहाँको खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान पर्यटकीय आकर्षण हुन् । महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीको साथ कार्यक्रमको उद्घाटन, दोस्रो दिन भव्य साँस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोह हुनेछ ।
स्थानीय व्यावसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत स्टल राखिएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन केही दिनदेखि नै बढेको वडा सचिव युवराज घोर्साईंले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

