
झापा, ४ भदौ । झापा कनकाई नगरपालिका–३, सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरिया घर भई हाल कनकाई नगरपालिका–३ कनकाई टोलमा डेरा गरी बस्ने सञ्जय सरदार फरार भएका छन् ।
कनकाई–३ कनकाई टोलको एक घरमा डेरा गरी बस्ने सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोसिया पठाइदिने भन्दै रकम ठगेर बेपत्ता बनेका हुन् । रकम ठगी गनेर्हरुमध्ये २ महिलासहित १६ जनाको समूहलाई भारतको दिल्ली समेत पुर्याएर त्यहाँ मेडिकल र बायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए ।
भारतको दिल्लीमा त्यहीको अकोर् ठगलाई बोलाएर आफूहरु बसेकै होटलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि यिनीहरु चाँडो उड्छन् भन्दै गाउँका अन्य युवाहरुबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासपोर्ट लिएको राईले बताए ।
दिल्लीमा पुगेर १६ जनाको समूह फर्किएपछि झन विश्वासमा परेर अधिकृतको जागिर सेना प्रहरीको जागिर समेत छाडेर गाउँले युवाहरुले रकम दिएको थिए । सरदारले १०० बढी युवाको यसरी रकम उठाएर एकाएक फरार बनेपछि आफूहरु ठगिएको थाहा पाएको अर्का पीडित युवा कनकाई नगरपालिका–३ का सुभास श्रेष्ठले बताए ।
उनले समेत आफूले विदेश जान भनेर खाँदै गरेको सरकारी जागिर समेत छाडेको बताए । सबैजना विदेश जाने भनेर पोइसा बुझाएको पाएपछि आफूले समेत ठगलाई विश्वासमा परेर रकम दिएको बताए । गाउँमै बसेको साथी हो, गाउँले ज्वाई हो भनेर अधिकांशले रकम दिएको पाइएको छ । सरदारले झापा गाउँपालिकाकी दिक्षा गनगाईसँग विवाह गरेर उनीलाई समेत सुरुङ्गामा डेरा राखेर सुरुङ्गा बजारमा ब्युटी पार्लर खोलिदिएका थिए ।
उनी भने, ‘कनकाई भेट्रान क्लबमा रहेर आफू पनि फुटबल खेल्ने गरेका थिए । सरदारले ठगी गनेर्हरुमा अधिकांश कनकाई माविको खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्न आउने युवाहरु परेका छन् । उनले पहिले त्यहाँ बल खेल्न आउने केही युवालाई विश्वासमा पारेर उनीहरुलाई समेत रकम र पासपोर्ट उठाउन उक्साएको पीडितहरुको गुनासो रहेको छ ।
यसरी सरदारबाट ठगिनेहरुमा कनकाई–३ कनकाई टोलका सनम राई २ लाख ५० हजार, सुभास श्रेष्ठ भूतपूर्व सरकारी जागिरे समेत रहेकाबाट १ लाख ५० हजार, कनकाई–३ सुरुङ्गा बजारका बाबुलाल सोनीबाट १ लाख, सम्रात शिवाकोटीबाट २ लाख, विशाल राईबाट डेढ लाख, रोर्वट लिम्बूबाट २ लाख ५० हजार, कनकाई २ जामुनवारीका सन्तोस श्रेष्ठबाट १ लाख ५० हजार, झापा गाउँपालिकाका गणेश कार्कीबाट १ लाख ५० हजार, रन्जित न्यौपानेबाट १ लाख ५० हजार, त्यसैगरी कनकाई नगरपालिकाका–३ नम्बर वडा तथा झापा गाउँपालिकाका विभिन्न युवाहरु महेश भट्टराई, दिलिप शाह, विकास गुरुङ, विजय श्रेष्ठ, हर्क बोहोरा, भगिराज धिमाल, गोपाल बस्नेत, पवन मोते, इस्शाक अलि, पदम मगर, अश्मिन भुजेल, सुमन थापा, तुलसी पौडेल, सुदिप दाहाल, नगेन्द्र बोहोरा, प्रेम सिटौला, सुरेन्द्र थापा, भीम राजवंशी, अभिषेक परियार, केशव बिमली, मनोज अछामी, योगबहादुर तामाङ, गोविन्द क्षेत्री, नगेन्द्रबहादुर बस्नेत, हेमसिंह श्रेष्ठ, मेघराज श्रेष्ठ, पदम प्रधान, सिर्जनाकुमारी थापा, तिलक राई, अभिचन्द्र श्रेष्ठ, देवकुमार आलेमगर, पदमसुन्दर गिरी, प्रकाश राई, डम्बरप्रसाद कट्टेल, किरण अधिकारी, प्रदिप अधिकारी, ज्ञानेन्द्र शेर्पा, कृष्णप्रसाद बाँस्तोला, राजन राजवंशी, प्रदीप राजवंशी, प्रदीप मिश्र, विशाल राई, जेन राई, रक्षा राई, जेन्स गुरुङ, संयोग गुरुङ, आकाश गुरुङ, लक्ष्मी गुरुङ, आनन्द लिम्बू, एलविस लिम्बू, आकाश श्रेष्ठ, चन्द्र गुरुङ, पुण्य पौडेल लगायतबाट प्रतिव्यक्ति १ लाखदेखि ३ लाखसम्म रकम ठगेर फरार भएका हुन् ।
सरदारले यसअघि समेत आफ्नो गाउँमा समेत गाउँलेलाई मोरङमा ठगेर झापा सुरुङ्गा आएर अर्की श्रीमती बिहे गरेर डेरामा राखी युवालाई ठगी गरेको पाइएको हो । सरदारकी घरमा जेठी श्रीमती र छोराछोरी बाबु रहेको पाइएको छ ।
हाल सुरुङ्गाका युवाले आफू ठगिएको भन्दै सामाजिक सञ्जाल र प्रहरी र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी हालेपछि भने सरदारबाट ठगिनेहरुको सङ्ख्या बढनेक्रम जारी रहेको पाइएको छ । यसरी सरदारबाट ठगिनेहरु सम्पर्कमा आउने गरेको हुँदा उनीबाट हालसम्म ५ करोड बढी ठगिएको हुनसक्ने बताइएको छ । हाल उनकी कान्छी श्रीमती दिक्षा भने ब्युटी पार्लर छाडेर दुबई पुगेको पाइएको छ । सरदार भने भारतमा लुकेर बसेको पीडितहरुको भनाइ छ । कनकाई साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


