
बुधबारे, ६ भदौ । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकाको वडा नं ७ ले थप पर्यटकलाई आर्कर्षित बनाउन धारागोला भ्युटावर छेउमा हरित पार्क निर्माण गरेको छ ।
करिव २ बिगाहा क्षेत्रफलमा फैलिएका जग्गामा नेपाल सरकारबाट ५० लाख र जनश्रमदानबाट १२ लाखको संयुक्त लगानीमा निर्माण गरिएकोे हो । कुनै समय चार धाराका रुपमा चिनिने स्थान देवीको पूजा गरिँदै आएको थियो । यो क्षेत्र ऐतिहासिक स्थान समेत रहेकाले पनि यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा झापामै नमूना बनाउन प्रयास गरिएको हरित पार्क निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष चक्र शेर्माले बताएका छन् ।

देवी धाराका रुपमा परिचय बोकेको यस क्षेत्रलाई व्यबस्थित गदैर् पहिलो चरणको काम सम्पन्न भएको छ, वडाध्यक्ष चन्द्र भण्डारीेले भने ‘आगामी दिनमा यस क्षेत्रलाई थप बजेट बिनियोजन गरेर बुद्धशान्तिकै धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनाउन लागि पनेर्छौँ ।’ उनले वडासँगै नीजि क्षेत्रलाई संरक्षणको जिम्मा दिएर पिकनिक स्पोर्टका रुपमा पनि विकास गर्न लागि पनेर् बताए । यस क्षेत्रमा पाञ्चायन देवताको मुर्ति निर्माण, नाग पोखरी जस्ता धार्मिक संरचनाहरु निर्माण गरिएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


