
कनकाई, १३ भदौ । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगर सभापति दुर्गाप्रसाद प्रसाईले नगरले हालसम्म गरेका काम एवं आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै कनकाईमा कार्यसमिति विस्तार गरिएको, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्था गठन, संगठन विभाग गठन, विकास निर्माणको अनुगमन र खबरदारी गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो । नगर सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला प्रतिनिधि पर्शुराम ढुङ्गाना, शिव कडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नगरसभापति प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष रायमाझी र सञ्चालन रेणुप्रसाद कडेलले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



