
हल्दिबारी, १६ भदौ । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट भएको छ ।
हल्दिबारीका पाँच वटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिनुभयो ।
अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) नं. २ वडा कमिटी आयोजनामा रक्तदान कार्यक्रम भएको छ । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गर्नुभयो । रक्तदान कार्यक्रममा पार्टीकी हल्दिबारी कार्यवाहक अध्यक्ष टिका देवी राउत, २ नं. अध्यक्ष खकेन राजवंशी लगायत ३७ जनाले रत्तदान गरेका छन् ।

हल्दिबारीको वडा नं. ३ र ४, ५ वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ ।
शहीद टिकाराम मेचेको परिवार, बेपत्ता चैतन्य मेचे परिवारको परिवार र पूर्व जनमुक्ति सेनाहरुसँग भेटघाट गरिएको हो । अभियान अन्तरगत वडा नं. ३ मा पार्टीका प्रदेश सल्लाकार सुरेन मेचे र गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको टोली जनताको घरघरमा पुगिरहेको छ ।
त्यस्तै, वडा नं. ५ विजय लावती, वडा नं. ४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला सदस्यद्वय देवान टुडू र रामहरि नेपालको टोली लगायतको टोली जनताको घरघरमा पुगिरहेका छन् ।
भेटघाटका शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



