
झापा, १६ भदौ । झापाका १ सय ३१ वटा वडामा आजदेखि एक साथ सामाजिक महत्वका कामहरु थालिएका छन् । सरकारले गर्न नभ्याएका साना तिना कामहरुलाई श्रमदानबाट निर्माण गर्ने र देश विकासमा चेतना जागृति गर्ने ध्येयले जनतासँग माओवादी रुपान्तरण कार्यक्रम अन्तर्गत सामाजिक कार्यको थालनी गरिएको हो ।
कमल गाउँपालिका वडा नं. ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् । नेकपा माओवादी केन्द्रले देशव्यापीरुपमा थालेको घरघरमा माओवादी अभियान अन्तर्गत सामाजिक सेवाका काम गर्ने ध्येयले सडक निर्माणको गरिएको माओवादी केन्द्र कमल कमिटिका अध्यक्ष रविन गुरुङ्गले बताउनु भयो ।

घरघरमा माओवादी रुपान्तरण अभियान अन्तर्गत भदौ १६ गते देखि ३ महिने अभियानमा कमल गाउँपालिकामा बृक्षारोपण, सडक तथा बजार सरसफाई लगायतका कामको थालनी गरेको कमलमा अभियान संयोजकको रुपमा काम गर्दै आउनु भएका माओवादी केन्द्र कोशी प्रदेशका सहसचिव गणेश उप्रेती शुशिलले बताउनु भयो ।
यता श्रमबाट सडक देखि विरुवा रोपण, रक्तदान तथा सरसफाई समेतमा काम हुन थाले पछि गाउँघरमा समेत उत्साह जाग्न थालेको छ । श्रमबाट सामाजिक विकासको काम गर्न पाउँदा खुशी लागेको श्रमदाता तथा पार्टीका वडा कमिटि सचिव चन्द्रप्रसाद भण्डारीले बताउनु भयो ।
अभियानमा ५० जना भन्दा धेरैको सहभागितमा ट्याक्टर देखि अन्य आवश्यक बालुवा गिटी समेत सहयोग लिएर श्रमबाट भत्किएको सडकको मर्मत थालिएको अभियानका बुद्धिजीवि संगठन कमल गाउँपालिका अध्यक्ष निधीरत्न अधिकारीले बताउनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



