
गौरादह, १६ भदौ । नेकपा (माओवादी केन्द्र) गौरादहले पार्टीको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै आज नगरका सबै वडामा विभिन्न कार्यक्रम गरेको छ ।
गौरादह नगरमा जिम्मेवारी लिएर आउनुभएका नेकपा माओवादी केन्द्रका सचिव सुशील उप्रेती (गणेश) को नेतृत्वमा नगरका सबै वडामा प्रतिनिधिमूलक जिम्मेवारी बडफाड गरि अभियानको उद्घाटन गर्दै गौरादहका सबै वडामा कार्यक्रम गरिएको हो ।
अभियान उद्घाटन कार्यक्रममा गौरादह वडा नं. १ र २ मा जिम्मेवारी सम्हाल्नु भएका विरेन्द्र बस्नेत सहितका माओवादी नेता कार्यकर्ताको समुहले कृष्णे घाट सवदाह स्थल सरसफाइ साथै विविध कार्यक्रम गरेको छ । त्यस्तै वडा नं. ४ मा जिम्मेवारी सम्हाल्नु भएका लेखत खड्का र गणेश कार्कीसहितका माओवादी नेता कार्यकर्ताको समूहले वृक्षारोपण कार्यक्रम गरेको छ ।
यता वडा नं. ३ र ५ मा जिम्मेवारी सम्हाल्नु भएका बेदु गौतम सहितको टिमले विविध कार्यक्रम गर्दै सामुदायिक विद्यालय सरसफाइ कार्यक्रम गरेको छ । त्यसैगरी वडा नं. ६ को जिम्मेवारी सम्हाल्नु भएका खगेन्द्र सुवेदी सहितका माओवादी नेता कार्यकर्ताको समूहले स्थानीय क्यान्सर पीडित आसिकराम ऋषिदेबलाई खाद्यान्न सहयोग गरेको छ भने सुलोचना राजवंशीको जिम्मेवारी रहेको वडा ७ मा पनि विविध कार्यक्रम गरिएको छ ।
त्यस्तै, माधव भट्टराईले जिम्मेवारी सम्हाल्नु भएको माओवादी नेता कार्यकर्ताको समूहले वडा नं. ८ को आवतजावत गर्न समस्या भइरहेको जनश्रमदान कलबोर्डमा माटो पुर्ने काम र वडा नं. ९ मा सिचाइलाई सहज बनाउन नहर सरसफई जस्ता सामाजिक कार्य गरेको छ ।
नेकपा माओवादी केन्द्रकै एजेण्डामा देश अगाडि बढे पनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महसुस गरी तीन महिने विशेष रुपान्तरण अभियान लिएर पार्टी अगाडि बढेको हो ।
पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यतिबेला गाउँ गाउँ पुग्नुभएको छ भने अबका तीन महिनासम्म जनताको घर घरमा गएर सुझाव संकलन गरी उनीहरुको कुरा सुन्नदै पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाइ पुनः माओवादीलाई बलियो बनाउन अभियान चलाइएको नेताहरुको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



