
झापा, ४ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम गरिरहेको बताएका छन् ।
आज प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताए ।
सरुवा बढुवाको मापदण्ड अझै अपुरो भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । उनले भने, ‘आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको हाम्रो मिसन सफल हुँदैन भन्नेमा गृह प्रशासन प्रस्ट छ । आन्तरिक सुशासन भन्नाले समयमा कर्मचारी अफिस जानुपर्यो । सेवाग्राहीको फाइल अड्काउनु भएन, अनावश्यक अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन दिनु भएन । मापदण्डका आधारमा सरुवा बढुवा र पदस्थापन गर्नुपर्यो ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



