
उर्लाबारी, २७ कात्तिक । मोरङको उर्लाबारी–७ स्थित मावा नदीको किनारामा छठ पर्व मनाउन अन्तिम तयारी भइरहेको छ ।
मावा नदीको किनारामा करिब एक हजार पाँच सयवटा घाट निर्माण गरिएको मैथिली समाज सेवा समिति उर्लाबारीका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए । अहिले सो स्थानमा स्टेज निर्माण भइरहेको र भोली सो स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिने चौधरीले जानकारी दिए ।
मावा नदीको किनारमा मंगलबार अस्ताउँदो सुर्य र बुधबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पुजा मनाइने उनले बताए । मंगलबार रातभर भजनकिर्तन गरेर जाग्राम बस्ने र भजन किर्तन टोलीहरुलाई निमन्त्रणा गरिएको पनि उनले जानकारी दिए । छठ पुजालाई भब्य र सभ्य बनाउन स्थानीय युवा व्यवसायी राजेश यादबको संयोजकत्वमा छठ पुजा तयारी समिति गठन गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

