
झापा, १६ असोज । नेकपा (एमाले) कोशी प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडा विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडाले ५१२ मत ल्याएर विजयी भएका हुन् ।
खतिवडाका प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए । उनीहरुबीच ८२ मतको मतान्तर छ भने ३५ मत बदर भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् । ढकाल केन्द्रीय कमिटी सदस्य थिए । यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् । उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



