
काठमाडौँ, २८ कात्तिक । पत्रकार राजेश सापकोटालाई ‘ब्रेन स्ट्रोक’ भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ ।
कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण गरेको थियोे ।
न्युरो अस्पतालले ‘ब्रेन स्ट्रोक’ भएको पत्ता लगाई उपचार शुरु गरेको थियो । यो समस्या देखिएको ९० मिनेटमा यसविरुद्धको खोप नलगाए रोगीको मृत्यु सम्भावना रहन्छ । पत्रकार सापकोटा ४० मिनेटमै चिकित्सकको सम्पर्कमा पुगेपछि उपचार सम्भव भएको उहाँले राससलाई जानकारी दिनुभयो ।
न्यूरो सर्जनको प्रयासपछि उपचार सफल भएको छ । कात्तिक २८ गतेदेखि चिकित्सकको प्रत्यक्ष निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । सापकोटा दुई दशक अघिदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । केही वर्ष यतादेखि उहाँ सत्याग्रह साप्ताहिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

