
झापा, १२ कात्तिक । झपाको दमक नगरपालिका– ३ बेलडाँगीबाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका–५ का २२ वर्षीय प्रदिप लिम्बू र ३१ वर्षीय राजु दर्नाललाई ३ ग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


