
झापा, १२ कात्तिक । इजरायल र हमासबीचको तनावकाबीच दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिक लेबनानमा गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघमा कार्यरत घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ। हमास नियन्त्रित क्षेत्र गाजा नजिकै खटिएको बेला ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Facebook Comments Box


