
दोहा, ३० कात्तिक । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।
सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।
पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

