
झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार हिजो राति इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो ।
बरामद भएका करिब ४ लाख ५० हजार मूल्य बराबरको रेडिमेड कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
Facebook Comments Box


