
झापा, १६ कात्तिक । आज टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा नेपालले ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ ।
समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।
Facebook Comments Box


