
उर्लाबारी, १ मंसिर । मोरङको उर्लाबारी–६ स्थित सिद्धेश्वर शिव बाबा धामले श्रीमद शिव महापुराण एकादशाह विराट ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
आगामी मंसिर १० देखि २० गतेसम्म शिव महापुराण सञ्चालन गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष डीपी खतिवडाले जानकारी दिए ।
पुराणलाई सफल बनाउन स्थानीय समाजसेवी जंगबहादुर कार्कीको संयोजकत्वमा पुराण आयोजक समिति गठन गरिएको छ । जसको सचिवमा गजेन्द्र दंगाल र प्रचार संयोजकमा गणेश दाहाल रहेका छन् ।
पुराणमा प्रखर धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमबाट दैनिक दार्सनिक प्रवचन, सरस पुराण वाचक आचार्य छन्दुराम भण्डारीबाट कथावाचन, पंडित उमेश आचार्यबाट पाठ पारायणका साथै चर्चित कलाकारहरूद्वारा देव लिलासहितको बेजोड झाँकी प्रदर्शन, संगीतमय भजनकीर्तन तथा कथा प्रवचन गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

