
महेन्द्रनगर, १ मंसिर । बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ ।
घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ ।
हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

