
उर्लाबारी, २ मंसिर । मोरङ जिल्लामा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएका छन् । तीमध्ये ४३ बालिका बलात्कृत भएका छन् ।
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार यो वर्षको अक्टोबर सम्ममा ५६ जना बलात्कारको घटना भएका छन् । त्यसैगरी २७ जनामाथि बलात्कारको प्रयास भएको छ । जमा ११ बालिका छन् ।
उक्त अवधिमा मोरङमा मात्रै ११ जनाको हत्या भएको छ । हत्या भएकामध्ये तीन पुरुष र छ महिला छन् । त्यस्तै सात जनाको हत्या प्रयास भएको छ । कुटपिटबाट आठ जना घाइते भएका छन् । घरेलु हिंसाबाट सात, बहुविवाहबाट १०, मानव बेचबिखनको घटनाबाट तीन र गोली प्रहारबाट एक, नागरिक तथा राजनीतिक अधिकार हननका घटनाबाट ३० जना पीडित भएका छन् ।
बम विस्फोटका दुई वटा घटना भएका छन् । दुई वटा अपहरणको घटनाबाट सात जान पीडित भएका छन् । मोरङमा एउटा बालविवाहको घटना पनि भएको इन्सेक प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिइन् । यस अवधिमा १३५ वटा घटनामा परी १७१ जना पीडित भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

