
काठमाडौँ, ४ मङ्सिर । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

