
झापा, ११ माघ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ५ सिट जित्न सफल भएको छ । माओवादीले कोशी प्रदेशमा एक सिटमा हार व्यहोरे पनि पाँच सिट जित्न सफल भएको हो ।
योसँगै फागुन २० गतेपछि राष्ट्रियसभामा माओवादी १८ सिटसहित पहिलो दल बन्न लागेको छ । बागमतीबाट अपाङ्गतातर्फ माओवादीका श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्द विजयी हुन सफल भएका हुन् । गठबन्धनबाट ६ जना चुनावी मैदानमा उत्रिएकामध्ये कोशीकी उम्मेदवार चम्पा कार्की बाहेक ५ जना उम्मेदवार विजयी हुन सफल भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



