
झापा, १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।
‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं’, उनले भने, ‘इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’
नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरी परीक्षण गरेर रिपोर्ट दिई प्योगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री मार्कीको भनाइ थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



