
बिर्तामोड, १७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिक अमूल्य अनुभवको खानी भएको बताउनुभएको छ ।
बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं. ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा आज भएको ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजलाई अघि बढाउन ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुने बताउनुभयो ।
“उहाँहरुको राजनीतिक, सामाजिक, आर्थिक, प्राकृति अनुभव लगायतका अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक अमूल्य निधि हुन् ।”
बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा आयोजित कार्यक्रममा पार्कको विकासका लागि पहल गर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । हात्ती प्रभावित समेत रहेको यस क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट समेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



