

झापा, २५ माघ । आगामी आइतबार र सोमबार हुने नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा आठ सय जना भन्दा बढी नेताहरू सहभागी हुने भएका छन् ।
माओवादीको हाल केन्द्रीय समितिको ४०९, वैकल्पिक केन्द्रीय समितिका १९०, सातै प्रदेशका कूल पदाधिकारी ९४, माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोगका ७५ सदस्य छन् । यी सबै गरी करिब ८ सय हाराहारी बैठकमा सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने बैठकमा विधान सम्मेलनका लागि विधानमाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्न पाउने छन् । यसअघि गत साउन १७ देखि २१ सम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।