
राँझा, ६ मंङ्सिर । नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ ।
बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो ।
सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आउनुभएका उहाँ दश दिनदेखि अस्पतालमै हुनुहुन्थ्यो ।
सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उहाँको मुटुको शल्यक्रियासमेत भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


