
गौशाला, ६ मङ्सिर । प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ ।
बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

