
इलाम, ६ मङ्सिर । इलाम नगरपालिका–१ साँखुजुङमा बिहीबार ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नं को ट्याक्सी दुर्घटनामा परी इलाम नगरपालिका– १ का ५६ वर्षीय कैलाश गुरुङ र सोही ठाउँका ४३ वर्षीय सुमन खनालको मृत्यु भएको प्रहरी उपरीक्षक टङ्क भट्टराईले जानकारी दिनुभयो । सो घटनामा ट्याक्सी चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सोही ठाउँका २० वर्षीय सह–चालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

