
तेह्रथुम, ७ मंसिर । एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो ।
उहाँका अनुसार मङ्गलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

