
झापा, २३ फागुन । नागरिक उन्मुक्ति पार्टी इलामको तदर्थ समिति गठन भएको छ ।
दिलप्रसाद नेम्वाङको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भएको हो । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दिरा मेन्याङ्बोको प्रमुख आतिथ्य र युवा नेता फक्तालुङ योङ्हाङको अध्यक्षतामा चुलाचुली–४ स्थित आइतबारमा भएको एक भेलाले तदर्थ समिति गठन भएको पार्टीका १ नंं प्रदेश अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिनुभयो ।
नवगठित समितिको उपाध्यक्षद्वयमा खड्कबहादुर लिम्बू र रामचन्द्र लिम्बू (आशिष) रहेका छन् । सचिवमा सञ्चित पन्धाक लिम्बू, सहिसचिवमा सन्तबहादुर लेप्चा, कोषाध्यक्षमा पूर्णिमा लिम्बू चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा नरेन्द्र लिम्बू, किरन मगर, माइतबहादुर ताम्लिङ, मानबहादुर जवेगु, गंगा वान्तवा, जीवन राई, ख्याम सुहाङ, भीम तुम्रोक, होमबहादुर लिम्बू, कञ्चन बस्नेत, बरुण मुखिया, पञ्च आङ्देम्बे, राजन सिगु, बलबहादुर लिम्बू, केशव मुखिया रहेका छन् ।
नवगठित तदर्थ समितिलाई माइन्युट समेत हस्तान्तरण गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



