
राजेश ढुंगाना
तिमीले
सबै थोक भोगेर
तिम्रो
निष्कर्षथियो –
जीवनको अर्थ
केहीपनिहोइन रहेछ !
र
मैले
भोगेको जीवनमा
म कसरी भनांै
जीवनको अर्थ केहीपनि
होइन रहेछ !
र, मुस्कानपनिहोइन रहेछ !
घाउ भएर मेरो हातमा
निस्केको पीपमाथि
निरन्तर मेरी प्रेमिका
सदैव
लामो र एकोहोरो चुम्बनगर्थिन्
तब
म कसरी भनौं
जीवन केहीपनिहोइन रहेछ !
जीवन मुस्कानपनिहोइन रहेछ !!
Facebook Comments Box


