
झापा, १४ चैत । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप–निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा धिरेन्द्र शर्मा तिम्सिना (रमण), उर्मिला तामाङ (चन्दा),
ओम बहादुर गुरुङ (सौरभ) र कुमार बराइली (अनिल) को नाम सिफारिस गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिनुभयो ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



