
झापा, १८ चैत । नेकपा एमाले झापाको ११ औं अधिवेशले प्रेमबहादुर गिरीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
अध्यक्षका प्रत्यासी उम्मेद्वार भनिएका शिव ढुङ्गेलले उम्मेद्वारी नदिएपछि गिरी अध्यक्षमा निर्बिरोध भएका हुन् । अध्यक्ष गिरीसंँगै उपाध्यक्षमा शिव ढुंगेल र सचिवमा तुलसी कार्की समेत निर्विरोध चयन भएका छन् । शनिवार बिहान १०.३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष, उपाध्यक्ष र सचिवमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको हो ।
उपसचिवमा भने असारु राजवंशी, अनिता कन्दङ्वा र टीका मग्रान्तीले उम्मेदवारी दिएका छन् । यसअघि अध्यक्ष पदका लागि आकांक्षा राखेका ढुंगेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा पनि रहेको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि बिहीवार साँझबाट निर्वाचन कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने भएको छ । त्यसका लागि करिव ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



