
बिर्तामोड, २७ चैत । अखिल नेपाल महिला संघ क्रान्तिकारी झापाको बुधबार हुने जिल्ला भेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने भएकी छन् ।
मन्त्री शर्मा पहिलोपटक झापा आउन लागेकी हुन् । बिर्तामोटको सिटी सेन्टरमा हुने अनेम संघको जिल्ला भेलाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सांसदसमेत रहेकी झापा अध्यक्ष बन्दना झाँगडले बताइन् ।
झापाका १५ वटै पालिकामा रहेका अनेम संघका पालिका कमिटीहरूले तयारी तीव्र पारेको अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज निरु खतिवडा ९अनु०ले बताइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



