
झापा, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ओली प्रचण्ड छलफलमा बसेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा लफडा परिरहेका बेला प्रचण्ड र ओली छलफलमा जुटेका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



